माछापुच्छ्रे बैंकको ९ शाखारहित बैंकिङ सेवा सञ्चालन

  २०७६ भदौ १ गते १९:०२     विकासन्युज


काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

बैंकले महोत्तरी जिल्लाको बर्दिबास नपा-११, खयरमारा, धनुषा जिल्लाको कमला नपा-०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर नपा-०३, यदुकोहा र लक्ष्मीनिया नपा-०७, लक्ष्मीनिया, सिराहा जिल्लाको कल्याणपुर नपा-०६, भोक्राहा र कर्जन्हा नपा-०२, बन्दिपुरतथा रौतहट जिल्लाको चन्द्रपुर नपा-०२, जुडिवेला, चन्द्रपुर नपा-०३, गैंडाटार र स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका-०५ सेतीदोभानमा थप ९शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

देशका विभिन्न स्थानमा ९शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ सेवा १२१ पुगेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.