पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

  २०७६ साउन ३० गते १९:३७     विकासन्युज


काठमाडौँ । पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले विहीबार साँझ राजधानी काठमाडौँबाट पक्राउ गरेको छ । उनीहरु न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका हुन् ।

केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न चितवन र काठमाडौँको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ । पक्राउ परेका लामिछाने र कँडेल दुबैलाई चितवन पठाई हिरासतमा राखी अनुसन्धान गरिने प्रहरी श्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.