१४ अर्ब ६३ करोड पुग्यो निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी, लगानी ३२ अर्ब ९४ करोड

  २०७६ साउन २९ गते १५:०१     नबिन पोखरेल


काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म निर्जीवन बीमा गर्ने कम्पनीहरुको चुक्ता पूँजी १४ अर्ब ६३ करोड २० लाख रुपैयाँ पुगेको छ ।

बीमा समितिले दिएको जानकारी अनुसार बीमा कम्पनीहरुको लगानी ३२ अर्ब ९४ करोड १८ लाख रुपैयाँ रहेको छ ।

यस्तै, कम्पनीहरुको नगद तथा मौज्दातमा ३ अर्ब ६९ करोड ७१ लाख रुपैयाँ रहेको छ । १ सय ८१ प्रकारका बीमा लेखहरु प्रचलनमा आउँदा अभिकर्ता संख्या भने ३ हजार ८ सय ७० पुगेको छ ।

बीमा समितिका अनुसार १ लाख ३ हजार ८ सय ६८ बीमा दावी परेको छ । उक्त दाबी मध्ये तिरिएको दाबी रकम १३ अर्ब ३२ करोड १२ लाख रुपैयाँ रहेको तथ्याङ्कमा उल्लेख छ ।

निर्जीवन बीमा कम्पनीका कार्यालय संख्या
निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको कार्यालय संख्या ८ सय ६९ वटा रहेका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीका कूल कर्मचारी संख्या ४ हजार ६ सय ८३ पुगेको तथ्याङ्कले देखाउँछ ।

गत आर्थिक बर्षमा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरुको संख्या ४० रहेको छ । सो संख्या मध्येमा जीवन बीमा गर्ने कम्पनीहरु भने १९ वटा र निर्जीवन बीमा कम्पनीको संख्या २० छ । १ मात्र पुनर्बीमा कम्पनी रहेको छ ।

बीमा समितिका अनुसार बीमा समितिबाट इजाजत पत्र प्राप्त बीमा कम्पनीहरुको स्वामित्व संरचनामा सरकारी, निजी, विदेशी तथा संयुक्त छन् । यस्तै, समग्र बीमा क्षेत्रमा भने सरकारी कम्पनीको संख्या ३, निजी तर्फ ३२, विदेशी शाखा भएका कम्पनी ३, संयुक्त लगानीमा सञ्चालित कम्पनीहरु २ गरी जम्मा ४० वटा बीमा कम्पनीहरु क्रियाशील रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.