पाँचथरको रविमा सिभिल बैंकको शाखा बिस्तार

  २०७६ साउन २४ गते १६:२४     विकासन्युज

काठमाडौँ । सिभिल बैंकले पाँचथर जिल्लाको रविमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिक्लाजुङ गाउँ पालिकाका अध्यक्ष अमरराज माखिमले गरेका हुन् ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का प्रबन्धक सन्तोषकुमार बुढाथोकी, सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरु, उद्योगी र व्यवसायीको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको शाखाले थप टेवा पुर्याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.