बिहीबार रारामार्टको औपचारिक शुरुवात, ‘सपिङ्ग पनि, निःशुल्क बीमा पनि’

  २०७६ साउन २३ गते १९:३५     विकासन्युज


काठमाडौ । ग्राहकले आफ्नो रोजाईको वस्तु अनलाईन मार्फत खरिद गर्न सक्ने व्यवस्था सहित रारामार्टले बिहीबार नेपालमा औपचारिक शुरुवात गरेको छ । मार्टले ग्राहकको लागि स्वास्थ बीमा सुविधा समेत समावेश गरेको छ ।

रारामार्टका अध्यक्ष प्रदीपजंग पाण्डेले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने–‘हामीले २४ घण्टे सेवाको आरम्भ गर्दैछौँ, रिङ्गरोडमा होम डेलिभरीको पनि निःशुल्क व्यवस्था भएकाले ग्राहक वर्गले लाभ उठाउने अपेक्षा गरेका छौँ ।’ उनले २५ हजार रुपैयाँदेखी १ लाख रुपैयाँसम्मको स्वास्थ बीमा योजना समेत आफूहरुले समावेश गरेको कुरामा जोड दिए ।

ग्राहकले ‘रारा मार्ट डट कम’ मार्फत आफ्नो रोजाईको वस्तु खरिद गर्न सक्ने छन् । सो सेवा आधुनिक सफ्टवेरको प्रयोग मार्फत आक्रामक बजार विस्तारको रणनीति अनुरुप ग्राहक केन्द्रित हुने बताइएको छ ।

रारामार्टमा दैनिक जीवनमा आवश्यक पर्ने करिब २० हजार प्रडक्टहरु रहेका छन् । साथै, १ हजार भन्दा बढी (भेण्डर) सप्लायर्स रहेका छन् । कम्पनीले चालु आर्थिक बर्षमा ५० हजार प्रडक्ट लिस्टिङ्ग गर्दै सप्लायर्सको संख्या ५ हजार पुर्याउने लक्ष्य राखेको छ ।

‘सपिङ्ग पनि, निःशुल्क बीमा पनि’
रारामार्ट नेपालले सपिङ्ग क्षेत्रमै पहिले पटक ‘सपिङ्ग पनि, निःशुल्क बीमा पनि’ भन्ने योजना सार्वजनिक गरेको छ । बीमा गर्न प्रिमियर इन्स्योरेन्स कम्पनीले मार्टलाई सहजीकरण गर्नेछ ।

यस्ता छन् बीमा सुविधा:
– रारामार्ट डटकमबाट कुनैपनि सामान किन्दा ग्राहकका परिवारको सदस्यले निःशुल्क बीमा सुविधा पाउने छन् ।
– ग्राहकले पाउने स्वास्थ्य बीमा सुविधा न्यूनतम २५ हजार रुपैयाँदेखी अधिकतम १ लाख रुपैयाँसम्म हुनेछ ।
– स्वास्थ्य बीमा सुविधा रारामार्टमा रहेका प्रडक्ट मध्ये जुनसुकै प्रडक्ट किन्दा प्राप्त गर्न सकिनेछ ।
– बीमा दाबी–भुक्तानी सम्बन्धि प्रावधानहरु नेपालको बीमा सम्बन्धि ऐन तथा बीमा समितीको निर्देशिकामा व्यवस्था गरिए अनुसार चल्नेछ । सो कुरामा प्रिमियर इन्स्योरेन्स कम्पनीले सहजीकरण गर्नेछ ।
– ‘सपिङ्ग पनि निःशुःल्क बीमा पनि’, योजना अन्तर्गत नेपाल तथा भारतका कुनैपनि अस्पतालबाट उपचार गराउँदा लाग्ने ‘स्वास्थ्य उपचार’ खर्चमा बीमा रकमको सीमा भित्र रही विद्यमान व्यवस्था अनुरुप उपचार खर्च प्राप्त गर्न सकिनेछ ।

के हो रारा फ्राईडे अनलाईन हाटबजार ?
रारा मार्ट नेपालले पहिले पटक रारा फ्राईडे अभियान मार्फत अनलाईन हाटबजार आजकै मितिबाट सार्वजनिक भएको घोषणा गरेको छ । सो योजनामा ग्राहकले शुक्रबार विभिन्न थरीका सामान खरिद गरी सामानमा भारी छुट पाउने छन् ।

अनलाईन हाटबजारको विशेषता:
–अनलाईन हाटबजारमा हरेक शुक्रबार विभिन्न प्रकारका सामानमा विषेश छुट पाईन्छ ।
–रारा फार्ईडे हरेक शुक्रबारको बिहान १२ बजेदेखी राती १२ बजे सम्म संचालन हुनेछ ।
–रारा फ्राईडे अन्तर्गत कुनैपनि बिक्रेताले भारी छुटमा आफ्नो सामानहरु रारामार्टको प्लाटफर्ममा सुचीकृत गर्न सक्नेछन् ।
–ग्राहकले शुक्रबार अरुदिनको तुलनामा भारी छुटमा सामानहरु किन्न सक्नेछन् ।
–यो कार्यक्रमको उदेश्य हरेक शुक्रबारलाई किनमेल गर्ने दिनको रुपमा विकाश गर्ने हो ।

रारामार्टले नेपालमा फरक खालका प्रडक्टहरु र ग्राहकहरुको सेवा–सुविधालाई उच्च प्रथमिकतमा दिने बताएको छ । यस्तै, नौलो किसिमको प्रडक्टमा नियमित रुपमा नेपाली उपभोक्ता सामु पस्कने र थप सेवा सुविधाहरु दिने लक्ष्य राखेको पाईन्छ ।

रारामार्टका प्रडक्टहरु:
रारामार्ट मार्फत ग्राहकहरुले खाद्य वस्तु, इलेक्ट्रोनिक्स, घरायसी सामानहरु, फसन तथा लत्ता–कपडाहरु, बाल–बच्चाका समाग्राीहरु, स्वास्थ्य र सौन्दर्यका समाग्रीहरु, सिजन तथा चाड पर्व विषेश देखी स्टेशनरीसम्मका सामाग्रीहरु खरीद गर्न सक्नेछन् ।

अनलाईनमा सपिङ्ग गर्ने तरिका
रारामार्टमा सपिङ्ग गर्न ग्राहकहरुले ६ वटा तरिका अपनाउनु पर्छ । पहिलो तरिकामा ग्राहकले साइन अप गर्न आवश्यक हुन्छ । दोस्रो तरिकामा ग्राहकले प्रडक्ट छान्नु पर्ने हुन्छ । तेस्रो नम्बरमा ग्राहकले ‘वाई नाउ’ (किन्ने हो कि होइन) निश्चित गर्न सक्ने छन् । चौथौ नम्बरमा ग्राहकले कन्फम गर्नुपर्ने हुन्छ । पाचौँ नम्बरमा ग्राहकले डेलिभरी सम्बन्धि छनोट गर्न सक्नेछन् । साथै, अन्तिमा सामान प्राप्त गर्नको लागि (रिसिभ आइटम) को छनोट गर्न सक्नेछन् ।

‘रारामार्टले जापनीज ब्राण्डको अनलाईन सपिङ्ग नेपालमा’ भन्ने नारा समेत समावेस गरेको पाईन्छ । रारा मार्टको औपचारिक शुरुवात कार्यक्रममा रारामार्टका अध्यक्ष प्रदीपजंग पाण्डे, मार्टा संचालक समितिका सदस्य जीवन अमगाई, सदस्य विरेन्द्र मेगी, रारा यूएस ए कर्पोरेशनका निर्देशक तिलक भण्डारी तथा प्रिमियर इन्स्योरेन्स कम्पनीका डेपुटी (सिईओ)- सहदेव त्रिपाठीको उपस्थिीति रहेको थियो ।

कार्यक्रममा प्रिमियर इन्स्योरेन्सका डेपुटी (सिईओ) सहदेव त्रिपाठीले बीमा सेवालाई आफूहरुले छिटो छरितो बनाउन प्रयासरत रहेको दाबी गरे । उनले २० हजार रुपैयाँको सामान खरिद गर्दा २५ हजार रुपैयाँको जोखिम बहन हुने, ४० हजारको समान खरिद गर्दा ८० हजार रुपैयाँको तथा ८० हजार रुपैयाँको सामान किन्दा १ लाख रुपैयाँको जोखिम बहन हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.