बिक्री शुरु भएको छोटै अवधिमा बिक्री भए २२२ निसान किक्स

  २०७६ साउन २२ गते १९:००     विकासन्युज

काठमाडौँ । नेपालका लागि निसान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले बिक्री बितरण शुरु गरेको छोटो अवधिमा २२२ भन्दा बढी निशान किक्स मोटर नेपाली बजारमा बिक्री गर्न सफल भएको छ ।

नेपाली बजारमा किक्स गाडीको बिक्री प्रारम्भ गरेको छोटो समयावधिमा नै ग्राहकहरुले निकै रुचाएको कम्पनीले जनाएको छ ।

अहिले पनि निसान किक्सको परिवारमा ग्राहकहरु निरन्तर थपिदै गएका छन् र भविष्यमा यसले नयाँ कीर्तिमान कायमगर्ने विश्वास गरिएको छ ।

किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा सहित आरामदायी सेवा प्रदान गरेको परिणामस्वरुप छोटो अवधिमा उल्लेखनीय सफलता प्राप्त गरेको जनाइएको छ ।

यसको फराकिलो भित्रीभाग, आकर्षक बाहिरी बनावट, आरामदायी र सुरक्षित बनावटले गर्दा ग्राहकहरुको रोजाईमा पर्न सफल भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.