एमभी दुगड ग्रुपका अध्यक्ष मोती दुगडको ५० औँ वैवाहिक स्वर्ण जयन्ती समापन, वरमाला सहित पुनःविवाह

  २०७६ साउन २१ गते ११:३६     विकासन्युज


काठमाडौँ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड र उनकी श्रीमति सरोज दुगडको ५० औं वैवाहिक स्वर्ण जयन्ती काठमाडौँको हायात होटलमा सम्पन्न भएको छ । वैशाख महिनामा बारा जिल्लाको जीतपुर सिमराबाट सुरु गरिएको स्वर्ण जयन्तीको उत्सब एमभी दुगड ग्रुपका काठमाडौं स्थित हाईड्रोपावर र अटोमोवाईल्सका गरी लगभग ५ सय कर्मचारीहरुले काठमाडौंमा समापन गरेका हुन् ।

हायात होटेलको प्राङ्गणमा पाईला टेक्ना साथ जन्ती लश्कर र फूलमालाले सजाइएको बग्गि र त्यस्को ठीक अगाडि रोयल इन्फिल्ड र भेष्पाको दम्दार पहरा सङ्गै नेपाली पञ्चेबाजा र ब्याण्डबाजामा दम्पत्तीको बग्गी सवारी लगत्तै वरमाला सहित पुनःविवाहको कार्यक्रम सँगसँगै करिब सात घण्टाको साँस्कृतिक कार्यक्रम रहेको गरिएको थियो ।

कार्यक्रममा एमभि दुगड ग्रुपका अध्यक्ष, परिवार र सम्र्पूण पूरुष कर्मचारीहरु राष्ट्रिय पोसाक दौरा सुरुवाल र भादगाउँले टोपीमा प्रस्तूत भएका थिए । उक्त कार्यक्रममा प्रस्तुत गरिएका कल्चरल वाक, साँस्कृतिक नृत्य, अन्प्लग गायन, स्ट्याण्ड अपकमेडि, ¥याप लगायत विशेष प्रस्तूतिहरु कर्मचारीहरु र परिवारबाट मात्र गरिएको थियो ।

कार्यक्रम शूभागमल जम्मडको संयोजकत्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन एमभी दुगड़ ग्रुपकी पिआर हेड विमला थापाले गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष मोतीलाल दुगड़ले कर्मचारीहरुमा लूकेको प्रतिभा देखेर प्रसन्न हूदै यस्तो अभुतपूर्व माया, आर्कषक प्रस्तूति र ऐतिहासिक सम्मान पाएकोमा आफ्नो व्यापारिक र औद्योगिक ५५बर्षको यात्रा सफल भएको बताए ।

उपाध्यक्ष विवेक दुगड़ले पनि आफ्ना बुबा, आमाका निमित्त आफ्ना एमभी दुगड ग्रुपका कर्मचारीहरुले हृदय देखि नै देखाएको सहासिक साँस्कृतिक प्रस्तुतिको खुलेर तारिफ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.