इन्जिनियरिङ्गका विद्यार्थीले गरे २२ दिनसम्म चल्ने व्याट्रीको विकास

  २०७६ साउन २० गते १३:२४     विकासन्युज

काठमाडौं । नेपाल इन्जिनियरिङ्ग कलेज चाँंगुनारायण भक्तपुरका विद्यार्थी २२ दिनसम्म चल्ने व्याट्रीको विकास गर्न सफल भएका छन् । कलेजमा अध्ययनरत चौथौं वर्षका विद्यार्थी जजेन्द्र कासुला र विज्ञान घिमिरे आफ्ना पर्यवेक्षक दीपेशप्रकाश गुरागाई र विजय श्रेष्ठका अधिनमा रहेर यो उपकरणको विकास गर्न सफल भएका हुन् ।
उनीहरुले वातावरणको उर्जालाई उपयोगमा ल्याई दिगो अनुसन्धान डेटा संकलन गर्ने उपकरण विकास गरेका हुन् । एकनास नरहने सौर्य उर्जालाई एक पटक सुपर क्यापासिटरमा जम्मा गरेर चार्ज गरी सो उपकरण बनाउन उनीहरुलाई सफलता मिलेको हो । यो व्याट्री २२ दिनसम्म चलाउन सकिनेछ, दुवै विद्यार्थीले एकैसाथ भने ।
एक मिनेट (चम्किलो प्रकाश भएको बेला) चार्ज गरी सो उपकरण सुपर क्यापासिटरबाट मात्रै चलाई साढे दुई दिन चलाउन सकिने निष्कर्ष उनीहरुको छ । अझ व्याटीलाई खास उपकरण डिजाइनर गरी चार्ज गर्ने र सो चार्ज सुपर क्यापासिटरमार्फत डेटा संकलन तथा प्रशारण गर्ने पूरै उपकरण २२ दिनसम्म लगातार चलाउन सकिने कुरा अनुसन्धानमार्फत जानकारी पाइएको उनीहरुले बताए ।

युरोपमा अध्ययन गरेर आएका कलेज प्रोफेस विजय श्रेष्ठ, प्रख्यात डिजाइनर कम्पनीमा केही वर्ष काम गरेर नेपाल फर्केका कलेज प्रोफेसर दिपेशप्रकार गुरागाईका साथै युरोपमा उच्च शिक्षा हासिल गरी केही वर्ष काम गरेका कलेज प्रोफेसर तथा प्रोजेक्ट संयोजक सचिन श्रेष्ठका निर्दशेनमा विद्यार्थीले सो उपकरणको प्रोटोटाइप बनाउन सफल भएका हुन ।
वातावरणको परीक्षण डेटा संकलन, जनावर टेकिंग, वायु तथा जल गुणस्तर निगरानी अपबाद निगरानी जस्तै थुप्रै उर्जा संकेतमा खटाउन सकिने विद्यार्थीको दावी छ । साथै कार्यखर्चलाई न्युन गर्दै वनाएको उपकरणबाट मोटामोटी ६ किमिसम्म डेटा प्रसारण गर्न सकिने उनीहरुले बताए । अत सो प्राप्त डेटा क्लाउड कम्युटिंगमार्फत सम्पूर्ण क्षेत्रमा पुयाउने लक्ष्य उनीहरुले लिएका छन् ।

विद्यार्थी आफनो अन्तिम वर्षको प्रोजेक्ट प्रायोगिक चरण पार गर्दै अन्तिम चरणसम्म आइपुगेको हुन् । स्वास्थ्य निगरानीमासमेत संलग्न गराउने लक्ष्य लिई सो उपकरण विद्युत नपुगेको, तार जडान कठिनाई हुने ठाउँंहरुमा डेटा लिने र प्रशारण सहज बनाउने यो उपकरण बनाउँंदा आइपरेका विभिन्न बाधा तथा चुनौतीलाई पार गर्दै यस चरणसम्म आएको यस उपकरण मानब तथा वातावरण क्षेत्रलाई ठूलो योगदान पुयाउन सकिने विद्यार्थीको निष्कर्ष निकालेका छन् ।
हाल सम्पन्न भएको नेक इन्जिनियम २०१९ नामक कलेजद्धारा सञ्चालन गरिएको खुला प्रतियोगितामा वेष्ट प्रोजेक्टबाट सम्मानित सो प्रोजेक्ट संकलित उर्जा बचत गर्दे प्रयोगमा ल्याउने आउँंदो समयमा निकै लाभदायक हुने कुराहरु पनि जानकारी गराइयो । यस्तै दोश्रो स्थानमा इलेक्टोनिक्स तेश्रो वर्षमा अध्ययनरत विवेक अधिकारी निजर ढकाल टंकराज ओझा पवन ढकालद्धारा निमिर्त फिंगर प्रिन्ट वेष्ट भोटिंग मेशिन रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.