चेम्बरले लर्डबुद्धको सहकायर्मा सातै प्रदेशका १-१ छात्रालाई छात्रबृत्ति दिने

  २०७६ साउन १९ गते १४:१६     विकासन्युज


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले प्रत्येक प्रदेशबाट एक-एकजना स्नातक तहका छात्रालाई छात्रवृत्ति दिने भएको छ ।

छात्रबृत्ति प्रदान गर्न चेम्बरले आवेदन आह्वान गरेको छ । आर्थिक अवस्था कमजोर भई उच्चशिक्षा हासिल गर्नबाट बञ्चित भएका मिहनति तथा जेहेन्दार छात्रा विद्यार्थीलाई निःशुल्क पढ्ने वातावरण प्रदान गरी उनीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्नु हो ।

यो छात्रवृत्ति प्राप्त गर्र्ने विद्यार्थीले एपीयूसँग आबद्ध एलबीइएफ(लर्डबुद्ध) क्याम्पस मैतिदेबिमा ४ वर्षे बीए बिजनेस म्यानेजमेन्ट (बीबीएम–ई) स्नातक तह पढ्न पाउने छन् । +२ पास वा सो सरह अध्ययन गरेका विद्यार्थीले यो छात्रवृत्तिको लागि आवेदन दिन पाउने छन् ।

यो योजनाबाट महिला विद्यार्थीहरुले लाभ लिन सक्ने छन् । यो विषय अध्ययन गर्न चाहने छात्रा छात्रवृत्तिमा परेमा ६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्कको छात्रवृत्ति प्रदान गरिने चेम्बरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.