नेपाल इन्स्योरेन्सको एजीएम भदौ ८ गते, ७.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव

  २०७६ साउन १७ गते ८:२६     विकासन्युज


काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७० औँ वार्षिक साधारण सभा भदौ ८ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले बिहान ११ बजे एयरपोर्ट होटल सिनामंगल काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब १ करोड ९१ लाख ३ हजार ८ सय ६२ रुपैयाँको ७.५ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीमा रिक्त विज्ञ स्वतन्त्र सञ्चालक १ जना(चार वर्षका लागि) र साधारण सेयरधनी समूहतर्फ रिक्त १ जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि सञ्चालक समितिबाट नियुक्त गरिएकाले सो को पनि अनुमोदन गर्नेछ ।

निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ ।

साधारण सभा प्रयोजनका लागि साउन २४ गतेदेखि भदौ ८ गतेसम्म कम्पनीको सेयरधनी दर्ता किताब बन्द रहने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.