कृषिमन्त्रीले भने-‘मल वितरणमा सुधार नभए सहकारी खारेज गर्छाै’

  २०७६ साउन १६ गते १९:२३     विकासन्युज

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ मा कुल बजेटको २.४७ प्रतिशत बजेट विनियोजन गरेकोमा उल्लेख प्रगति हासिल भएको विवरण सार्वजनिक गरिएको छ ।

उक्त २४अर्ब ८८ करोड ९२ लाख ०५ हजार रुपैयाँले पछिल्लो समय कृषिमा केहि परिवर्तन तथा उत्पादन वृद्धि भएको गत वर्षको प्रगति विवरण प्रस्तुत गर्ने क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी विनोद भट्टाराईले उल्लेख्य प्रगति भएको बताएका हुन् ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै कृषिमन्त्री चक्रपाणि खनालले रसायनिक मल आयातमा पछिल्लो समय सहजता भएसँगै वितरणको प्रक्रियामा समस्या देखिएको हुँदा आगामी दिनमा यस्तो समस्या आएमा सहकारीको माध्यमबाट वितरण गर्ने प्रक्रिया खारेज गर्ने बताए ।

सातै वटा प्रदेशमा कोटा सिस्टमले मल आयातको प्रक्रियामा जाने र प्रदेशले नै ढुवानीको व्यवस्था एवंम वितरणको अवस्था नहेर्ने हो भने आगामी दिनमा रसायनिक मलभित्र ठूलो समस्या पैदाँ हुन सक्ने सम्भावना देखिएको उनको भनाई छ । पछिल्लो समय जति कामको गति तिव्र हुनु पर्ने हो त्यो नभएको हुँदा आधुनिकीकरणको परियोजनाले के हो यस सम्बन्धि स्पष्ट हुनु पर्ने कृषिमन्त्री खनालले बताए ।
कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्ने क्रममा कृषि उत्पादकत्व वृद्धि गरि पाँच वर्षमा दोब्बर उत्पादन बनाउन कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गर्नुका साथै कृषि क्षेत्रमा नै उद्योगको विकास र रोजगारी सिर्जना गरेमा नेपालको अर्थतन्त्रमा टेवा पुग्ने कृषिमन्त्रालयका सूचना अधिकारी भट्टाराई जानकारी दिएका छन् । उनले भने मन्त्रालयमा गत वर्ष नेपाल सरकारबाट ८५ प्रतिशत, वैदेशिक अनुदान ६ प्रतिशत र ऋण ६ प्रतिशत रकम विनियोजन गरेको थियो ।

यस्तो छ कृषि क्षेत्रको वार्षिक उत्पादन र कुल ग्रार्हस्थ उत्पादन वृद्धिको अवस्था :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.