इन्जिनियरिंगका विद्यार्थीद्धारा विभिन्न प्रविधिको विकास

  २०७६ साउन १३ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरमा विभिन्न विषयमा अध्ययनरत विद्यार्थीले विभिन्न नयाँ प्रविधिको विकास गरेका छन् । कलेजमा इलेक्ट्रोनिक्स चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू बिनिता भट्टराई, संदिपराज घिमिरे र रेजिना विष्ट सम्मिलित समूहले आवाजबाटै घरायसी विद्युतीय उपकरणहरू अन अफ गर्न सकिने प्रविधिको विकास गरेका थिए ।

आई.ओ.टी. बेष्ड होम अटोेमेशन नाम दिईएको सो प्रविधिको प्रयोगले मोवाइल फोनबाट गुगल असिष्टेन्टको सहायतामा विद्युतीय उपकरणहरू जस्तै बल्व, फ्यान टाढैबाट अन अफ गर्न सकिने जनाइएको छ ।

यसरी,  इलेक्ट्रोनिक्स चौथो सेमेस्टरमा अध्ययनरत अर्का विद्यार्थीहरू सरोज चौधरी, हिमाल दाहाल, निश्चल राई तथा चन्द्र प्रकाश रावल सम्मिलित समूहले आफ्नो परिधिभित्र आएका बस्तुहरुको वास्तविक स्थान, कोण र सापेक्षिक आकारको जानकारी दिन सक्ने प्रविधिको विकाश गरेका छन् । सोलार मनिटरिङ्ग सिस्टम नामक उक्त प्रविधिको प्रयोगले सुरक्षाको चुनौतिलाई हल गर्न मद्दत गर्दछ ।

यसैगरी, कलेजमै अध्ययनरत विद्यार्थीहरू आशिष यादव, अनिल तिरुवा, सिदार्थ यादव र वाहिद मियाँहरूले ठूलाठूला कारखानाहरूमा सामान ओसारपोसार तथा अस्पतालको सरसफाईको कार्य गर्न सक्ने लाईन फलोइङ रोवोट बनाएका थिए । यस्तै इलेक्ट्रोनिक्स दोस्रो समेष्टरमा अध्ययनरत विद्यार्थीहरू अनिलकुमार यादव, आनन्द कुमार यादव र बलराम रायले लर्न ‘ए टु जेड’ नामक कम्प्युटर सफ्टवेर बनाएका थिए । यसद्वारा बच्चाहरूले सजिलै श्रव्य तथा दृष्यका माध्यमबाट अंग्रजी बर्ण तथा शब्दहरू सिक्न सक्दछन् ।

उक्त कार्यक्रम चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र तथा कलेजका संस्थापक अध्यक्ष प्रा. डा. दीपकप्रसाद भट्टराईबाट संयुक्त रूपमा गरिएको थियो । कलेजमा विभिन्न सेमेष्टरहरुमा अध्ययनरत विद्यार्थीहरुले आफूले सिकेको ज्ञान प्रदर्शनीको रुपमा प्रोजेक्ट इक्जिविशनको रुपमा कार्यक्रम गरेको कलेजका कार्यबाहक प्राचार्य दीपक धामीले बताएका हुन् ।

२०१४ देखि वर्ष विराएर यस्तो कार्यक्रम गर्दै आएको नेपाल इन्जिनियरिंग कलेज इलेक्टोनिक्स एण्ड कम्युनिकेशनका प्रोजेक्ट म्यानेजर एवं एक्जिविशन कोअर्डिनेटर सचिन श्रेष्ठले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.