इन्स्टाग्राममा नेपालको पर्यटकीय क्षेत्रको प्रचार, पर्यटक बढाउन सघाउने

  २०७६ साउन ९ गते १८:२८     नरेन्द्र रौले

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम खासगरी तस्विरहरु पोस्ट गर्नका लागि चर्चित छ । नेपालमा सर्वसाधारणदेखि सेलिब्रिटीले इन्स्टाग्रामको प्रयोग गर्दै आएका छन् । इन्स्टाग्राम केवल रमाइलो र समय कटाउनका लागि मात्रै होइन केही राम्रा कामका लागि पनि सदुपयोग हु“दै आएको पाइन्छ । यसमा फोटो र भिडियो दुबै अपलोड गर्न सकिन्छ ।

नेपालका कतिपय इन्स्टाग्राम प्रयोगकर्ताहरूले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि आफ्नो तर्फबाट विशेष पहल गरिरहेका छन् । ती मध्ये एक हुन्, नेपाल पर्यटन बोर्र्डका रिसर्च, प्लानिङ एण्ड मोनिटरिङ विभागका सिनियर म्यानेजर सुनिल शर्मा । घुमघाममा निकै सोख राख्ने शर्मा समय मिल्यो कि क्यामेरा भिरेर नेपालका कुना कन्दरा दौडिन पुग्छन् ।

मिडियामा नआएका, खासै प्रचार–प्रसार नभएका नयाँ र/नयाँ गन्तव्य उनको प्राथमिकतामा पर्छन् । नयाँ ठाउँ पुगेर त्यहाँको वस्तुस्थिति, रहनसहन बुझ्नु, स्थानिय बासिन्दास“ग गफिनु र सुन्दर तस्विरहरू कैद गर्नु उनको रुची हो । आफू घुम्ने मात्र होइन । यसरी घुम्दा खिचिएका आकर्षक तस्विरहरुलाई उनी इन्स्टाग्राममा पोस्ट गर्छन् । पर्यटनका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था, पर्यटनसँग सम्बन्धित निकायलाई ट्याग गर्छन् । जसले गर्दा उनका तस्विरहरुमाथि धेरैको नजर पर्छ । ‘अबको समय नै सामाजिक सञ्जालको हो ।’ शर्माले प्रष्ट्याए, ‘चिरपरिचित मानिसहरुमाझ पुग्न यो भन्दा प्रभावकारी माध्यम अरु हुनै सक्दैन ।’

नेपाल पर्यटन बोर्र्डका शर्मा जस्तै नेपालमा अरु युवाहरु पनि छन्, जसले इन्स्टाग्राममार्फत नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने कोशिश गरिरहेका छन् । कुनै गन्तव्यलाई प्रचारप्रसार गर्न इन्स्टाग्राम निकै प्रभावकारी माध्यम हो । इन्स्टाग्रामरहरुले नेपालका हिमाली क्षेत्रहरु र अरु मानिसहरु सहजै घुम्न, पुग्न, नसकिने स्थानका तस्विरहरु पोस्ट गर्दै आएका छन् ।

इन्स्टाग्राममा एड्भेन्चर फोटोहरु पोस्ट गरेर चर्चामा आउनेहरुमा मोहन के दुवाल, सन्तोषराज पाठक, प्रकाश बुढा, रिसभ अधिकारी, उज्जवल राई, अनुज डि. अधिकारी रहेका छन् । मनै लोभ्याउने यी तस्विरहरू देख्दा जो कोहीलाई घुमौंघुमौं लाग्छ । यी इन्स्टाग्रामरहरुले पोस्ट गरेका तस्विरमा आउने विदेशी नागरिकहरुका प्रतिक्रियाले पनि त्यसको पुष्टि गर्छ । घुम्नका लागि नेपाललाई प्राथमिकतामा राखेका प्रतिक्रिया प्रशस्त पढ्न पाइन्छ ।

केही हदसम्म यसले नेपालको पर्यटन गन्तव्यको प्रचार प्रसारमा इट्टा थप्ने काम गरेको मान्न सकिन्छ । नेपालमा २ हजार भन्दा बढी ट्रेकिङ एजेन्सीहरु छन् । तिमध्ये अधिकांशले पर्यटकहरुलाई अन्नपूर्ण र सगरमाथा बेस क्याम्प घुमाउ“छन् । दुई वर्षअघि खुलेको माउन्टेन मेनिया टेक्स एण्ड एक्सपेडिसन्सले भने नयाँ/नयाँ रुटलाई प्राथमिकता दिएको छ ।

माउन्टेन मेनियाले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत नयाँ ट्रेकिङ रुटहरुको प्रचार–प्रसार गर्दै आएको छ । ‘हाम्रो अफिसियल इन्स्टाग्राम फोटो हेरेरै पनि पर्यटकहरु घुम्न आएका छन् ।’ माउन्टेन मेनियाका रुपक पराजुली भन्छन् ‘ट्राभल व्यवसाय चल्ने भनेकै फोटो र भिडियोकै कारणले हो । मानिसहरु पहिला फोटो नै हेर्छन् । पछि घुम्ने निर्णय गर्छन् ।’ इन्स्टाग्रामले राम्रै प्रभाव पारिरहेको छ । नेपालमा विदेशी पर्यटकहरु आएको थुप्रै उदाहरणहरु रहेको उनी बताउ“छन् ।

माउन्टेन मेनियाले ट्रेकिङका लागि पहिल्यैदेखि चलिरहेका रुट भन्दा नयाँ रुटलाई बढी प्राथमिकता दिन्छ । हरेक गन्तव्यका तस्विरहरुलाई आफ्नो अफिसियल इन्स्टाग्राममा पोस्ट गर्छ । ‘अरु भन्दा फरक हुन मन लाग्यो ।’ पराजुली भन्छन् । नेपाल भ्रमण वर्ष सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने तयारी भइरहेको छ । यस्तो बेला नेपाल सरकारले सामाजिक सञ्जालको प्रयोगमार्फत नेपालको पर्यटन प्रचार–प्रसार गर्न एकदमै जरुरी रहेको पराजुली सुझाउँछन् ।

सामाजिक सञ्जालको प्रयोगमार्फत गरिने यस्तो प्रचारले आउँदा दिनमा पक्कै त्यसको प्रभाव पर्नेमा उनी विश्वस्त छन् । इन्स्टाग्राममार्फत नेपालको प्रचार–प्रसार गर्नेहरुलाई माउन्टेन मेनिया टेक्स एण्ड एक्सपेडिसन्सले आफ्नो वेवसाइटको लिस्टमा राख्ने गरेको छ । माउन्टेन मेनियाका अनुसार इन्स्टाग्रामरहरुलाई उत्साह दिन र उनीहरुमा आत्मविश्वास थप्न यस्तो गरिएको हो ।

ओड्से नेपाल, नेपाल एट वन्डर लगायतको एकाउन्टहरुले पनि इन्स्टाग्राममार्फत नेपालको प्रचार–प्रसार गरिरहेका छन् । नेपाल बाहिरबाट सञ्चालित स्टोरी अफ हिमालयज्ले पनि नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सघाइरहेको छ । सन् २०१० को अक्टोवरमा लन्च गरिएको इन्स्टाग्राम विश्वभरी फैलिसकेको छ । फोटो र छोटो भिडियो सेयरिङका लागि प्रख्यात इन्स्टाग्राम केभिन सेस्ट्रोम र माइक क्रेइजरले निमार्ण गरेका हुन् । जसको स्वामित्व पछि फेसबुकले खरिद ग¥यो । यसले सर्टी अवार्डस् फर एप्स हात पारेको थियो । हाल ३६ वटा भाषामा यो उपलब्ध छ ।

एक वेवसाइट https://napoleoncat.comले प्रकाशित गरेको एक तथ्यांकअनुसार नेपालमा ११ लाख २३ हजार ४ सय प्रयोगकर्ताहरु छन् । जुन नेपालको जनसंख्याको ३.७ प्रतिशत हो । नेपालमा १८ वर्षदेखि २४ वर्ष उमेर समुहका व्यक्तिहरु इन्स्टाग्रामका प्रयोगकर्ताहरु छन् । विश्वमा सबैभन्दा बढी लोकप्रियता हासिल गरेको इन्स्टाग्रामका प्रयोगकर्ताहरु दिनहुँ बढिरहेका छन् । अरु सोसल मिडिया भन्दा यसमा इङ्गेजमेन्टको दर पनि बढी (२.३ प्रतिशत) नै छ ।

त्यसो त पछिल्लो समय मार्केटिङका लागि सामाजिक सञ्जालहरु प्रभावकारी माध्यम बनेका छन् । परम्परागत सञ्चार माध्यम रेडियो, टेलिभिजन, पत्रपत्रिकामा पहिले भन्दा तुलनात्मक रुपमा विज्ञापन दिने क्रम घट्दो छ । त्यसको स्थान फेसबुक, युट्युब, इन्स्टाग्रामले लिन थालेका छन् । विश्वमा विभिन्न सेलिब्रिटीहरुले चर्चित ब्राण्डका प्रोडक्टको इन्फ्लुयन्सरका रुपमा पनि काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.