नबिल बैंकका १२२ जना कर्मचारीले गरे रक्तदान

  २०७६ साउन ६ गते १०:२९     विकासन्युज

काठमाडौँ । नबिल बैंकले ३५ औं वार्षिक उत्सव मनाउने क्रममा साउन ४ गते प्रधान कार्यालयमँ रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा १२२ जना बैंकका कर्मचारीहरुबाट रक्तदान गरे ।

ग्रान्डी इन्टरनेशनल अस्पतालले देशमा रहेको विद्यमान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंशा गरेको बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकको ३५ औँ बार्षिकोत्सवको अवसरमा गत हप्ता आयोजित बैंक स्तरीय फुटसल, क्रिकेट, ब्याड्मिन्टन, स्नुकर र चेस प्रतियोगिताका विजेता टिम र उपविजेता टिमहरुलाई नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले मेडल सहित पुरस्कारहरु वितरण गरेका थिए ।

३५ औँ बार्षिकोत्सवका अवसरमा रक्तदान, खेलकुद लगायत सामाजिक कार्यक्रमहरु आयोजना भएकोमा अध्यक्ष पौड्यालले खुशी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.