म्याग्दी र नवलपरासीमा कामना सेवाको शाखा बिस्तार

  २०७६ साउन ३ गते १६:५२     विकासन्युज


काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनीबजार र नवलपरासी जिल्ला(बर्दघाट सुस्तापूर्व)गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामा शाखा बिस्तार गरेको छ ।

साउन ३ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ । योसँगै अब बैंकको शाखा संख्या ९६ पुगेको छ ।

बेनीशाखाको कारोबार शुभारम्भ बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा वडा नं. ८ का वडा अध्यक्ष रामकृष्ण बराली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र बंैकका प्रदेश नं. ४ का प्रमुख टुबराज वास्तोला लगायतकोउपस्थिति रहेको थियो ।

यसैगरी गैंडाकोट नगरपालिकाका मेयर क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्त रुपमा बेल्डिहा शाखाको कारोबार शुभारम्भ गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.