पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाटै गर्न माग, अन्यथा आन्दोलनमा उत्रने चेतावनी

  २०७६ साउन ३ गते १३:३५     विकासन्युज

काठमाडौँ । पूँजीगत लाभकरको निर्धारण सिडिएससी बाटै गर्न नेपाल इन्भेष्टर्भ फोरमले माग गरेको छ ।

फोरमका अध्यक्ष छोटेलाल रौनियारले विज्ञप्ती प्रकाशित गरी सिडिएससी र ब्रोकरले पूँजीगत लाभकरका विषयमा झण्झटिलो र अव्यवहारिक नियम ल्याएको उल्लेख गरेका छन् ।

तत्काल पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाटै नगरे आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.