सनराइज बैंकद्वारा त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण

  २०७६ असार २९ गते १९:०२     विकासन्युज

काठमाडौँ । सनराइज बैंकले वातावरण संरक्षण गर्ने उद्देश्यले त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण गरेको छ ।

क्लबले वातावरण र खेलकुद प्रबद्र्घनको लागि ल्याएको गो गीन गल्फ क्याम्पेन अन्तरगत आयोजना गरेको उक्त कार्यक्रममा ५०० वटा विभिन्न जातका बिरुवाहरु रोपिएको हो ।

बैंकका अध्यक्ष मोतीलाल दुगड तथा बलाध्यक्ष रथि गौरव तन्डुलले बृक्षारोपण गरी कार्यक्रम शुरु गरेका थिए । उक्त कार्यक्रममा बैंक संचालक समितिका सदस्य बच्छराज तातेड, शैलेन्द्र गुरागाईं र त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबबाट पूर्व प्रधान सेनापति रुकमाङ्गद कटवालका साथै सनराइज बैंक र आर्मीका अन्य पदाधिकारीहरुले पनि बृक्षारोपण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.