स्पर्स लघुवित्त तेस्रो बर्षमा, विपन्न परिवारका ८४ जना छोरीहरुलाई छात्रवृत्ति वितरण

  २०७६ असार २९ गते १७:४७     विकासन्युज

काठमाडौँ । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापनाको दोस्रो बर्ष पूरा गरी तेस्रो बर्षमा प्रवेश गरेको छ ।

बार्षिकोत्सवको अवसरमा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल सञ्चालनमा रहेका विभिन्न २० वटा शाखा कार्यालयहरु मार्फत वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्यहरुका ८४ जना विपन्न परिवारका छोरीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

यसका साथै शाखा कार्यालयहरु आसपासका विभिन्न सामुदायिक विद्यालयहरुका छात्रछात्राहरुलाई शैक्षिक सामाग्री वितरण, नगर-टोल सरसफाई कार्यक्रम, वृद्धवृद्धाहरुलाई फलफुल वितरण तथा फरक रुपमा सवल व्यक्तिहरुलाई खाद्यान्न वितरण गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.