मुक्तिनाथका ग्राहकलाई चिरायु अस्पतालमा विशेष छुट

  २०७६ असार २७ गते १३:४३     विकासन्युज


काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्ष्टिच्युट, बसुन्धाराबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा चिरायु अस्पतालको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्य र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले चिरायु अस्पताल बसुन्धारामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.