बेष्ट फाइनान्सका अध्यक्ष प्रधानले लिए पद तथा गोपनियताको शपथ

  २०७६ असार २६ गते १९:१७     विकासन्युज

काठमाडौँ । काठमाण्डौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीको अध्यक्षमा चयन भएका अमीरध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ लिएका छन ।

बिहिबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कामु कार्यकारी निर्देशक बमबहादुर मिश्रले अध्यक्षमा चयन भएका प्रधानलाई शपथ ग्रहण गराएका हुन् ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको तर्फबाट निर्देशकहरु नरेन्द्र सिंह विष्ट, विरेन्द्र दत्त अवस्थी, दीपक पोखरेल तथा बेष्ट फाइनान्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

असार २२ गते बसेको फाइनान्स कम्पनीको संचालक समितिको ४७६औं बैंठकबाट संचालक समितिको अध्यक्षमा प्रधानलाई सर्वसम्मत चयन गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.