राजदूत सुन्दासद्वारा पत्र हस्तान्तरण

  २०७६ असार २६ गते ११:५८     विकासन्युज

काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइन अधिराज्यका काउन्सिल अफ रिप्रेजेन्टेटिभकी चेयर फावजिया बिन्ट अब्दुल्ला जाइनलसँग नेपालको पर्यटन विकासबारे छलफल गरेका छन् ।

दई देशको संसद्बीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सङ्घीय संसद् सचिवालयबाट पठाइएको नेपालतर्फको प्रस्तावित सांसदको नामावलीसहितको पत्र हस्तान्तरण गर्ने क्रममा बुधबार नेपालमा महिलाको नेतृत्व र विकासका सम्बन्धमा एवं द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको मनामास्थित नेपाली दूतावासले जनाएको छ ।

यसरी , दुई देशको संसद्बीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने उद्देश्यले राजदूत सुन्दासले नेपाल बहराइन फ्रेण्डसिप ग्रुपसमेत निर्माण गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही अवसरमा रिप्रेजेन्टेटिभकी चेयर अब्दुल्ला जाइनलले नेपाल बहराइन फ्रेण्डसिप ग्रुपको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै बहराइन सासंदहरुको सूची प्रस्ताव उपयुक्त समयमा पठाउने बताएका छन् ।

उनले नेपाल र बहराइनबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन राजदूतावासलाई आवश्यक सहयोग गर्न आफू सधैँ तत्पर रहेको बताए । भेटका क्रममा काउन्सिल अफ रिप्रेजेन्टेटिभका उच्च पदाधिकारी र नेपाली दूतावासका उपनियोग प्रमुख खगराज पाण्डेको सहभागिता समेत रहेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.