एनआईसी एशिया बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी

२०७६ असार २५ गते ९:२७ विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले डेपुटी म्यानेजरदेखि चार्टर्ड एकान्टेण्टसम्म माग गरेको हो ।

बैंकले हेड अफ इन्स्टिच्यूशन(डेपुटी म्यानेजर) १ जना, डेपुटी हेड (ट्रेजरी) १ जना, डेपुटी हेड अफ सीएएसए १ जना, डेपुटी हेड (रेमिट्यान्स) १ जना, डेपुटी हेड (ब्राण्डिङ, कर्पोरेट कम्युनिकेश एण्ड सीएसआर) १ जना, डेपुटी हेड (कम्प्लायन्स डिपार्टमेन्ट) १ जना माग गरेको हो ।

त्यसैगरी ब्राञ्च म्यानेजर केही, रिलेशनसीप म्यानेजर केही, सर्भिस म्याजेजर केही, क्रेडिट अफिसर केही, सेन्ट्रल सर्पोट अफिसर केही, इन्फरमेशन टेक्नोलोजी अफिसर केही, डिजिटल च्यानल सिनियर अफिसर केही, फाइनान्स अफिसर केही, जेनरल एडमिनिस्ट्रशन अफिसर केही, ट्रेजरी अफिसर केही, कम्प्लायन्स अफिसर केही र चार्टर्ड एकाउन्टेण्ट केही संख्यामा माग गरेको हो ।

बैंकले माग गरेको पदमा आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिहरुले साउन ८ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।