कृषि विकास बैंकद्वारा बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघलाई १ लाखको सामग्री हस्तान्तरण

  २०७६ असार २४ गते १३:२७     विकासन्युज

काठमाडौँ । किर्तीपुर नगरपालिका-३ मा सोमबार आयोजित एक कार्यक्रममा कृषि विकास बैंक लि. शाखा कार्यालय किर्तिपरले १ लाख १० हजारको सामाग्री हस्तान्तरण गरेको छ ।

किर्तिपुर नगरपालिकाका मेयर रमेशकुमार महर्जन र कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको प्रमुख अतिथ्यमा बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघका अध्यक्ष लक्ष्मी काफ्लेलाई रु.१ लाख १० हजार बराबरको सामग्री हस्तान्तरण गरेका हुन् ।

स्थानीय नागरिकहरु र अपाङ्ग बच्चाहरुको उपस्थिती रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर महर्जनले अपाङ्ग बच्चाहरुको हितका निमित्त लोक कल्याणकारी कार्य गरेकोमा कृषि विकास बैंक लि. लाई धन्वाद दिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले अशक्त/असाह्य बच्चाहरुलाई सहयोग गर्ने मौका दिएकोमा संघलाई धन्यवाद दिंदै यस्ता प्रकृतिका लोककल्याणकारी कार्यमा सवै क्षेत्रबाट सहयोग हुनु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.