नेशनल माइक्रोफाइनान्सले हावाहुरी पीडितलाई वितरण गर्यो राहत

  २०७६ असार २३ गते १४:०८     विकासन्युज

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वितीय संस्था लि शाखा कार्यालय गेटाद्धारा बिनासकारी हवाहुरी प्रभावित सदस्यहरुको लागी राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

समुह न ८४ की सदस्य रोमादेबी कटेलको अध्यक्षतामा संचालित कार्यक्रम प्रमुख अतिथि धनगढी स्थित नेपाल राष्ट्र बैङ्खका प्रमुख निर्देशक निश्चल अधिकारी र बिशिष्ट अथिति सस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा धनगढी स्थित नेपाल राष्ट्र बैंकका सहायक निर्देशक दोर्णबहादुर सिंह, बिभिन्न शाखा कार्यालयका प्रमुख, समाजसेवी, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

राहतवितरण अन्तर्गत गेटा कैलाली शाखामा आवद्ध रहेका ग्राहक सदस्यहरु मध्ये १३० जना सदस्यहरुलाई जनही चामल १ बोरा, दाल ३ किलो, तेल ३ लिटर, नुन १ पोका,हल्दी १ पोका, र मिक्स मसाला १ पोका समाग्रीहरु वितरण गरिएको वित्तीय संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.