८ वटा औषधी नमुना परिक्षणमा फेल, बजारबाट फिर्ता मगाईयो

  २०७६ असार २३ गते ११:०१     विकासन्युज

काठमाडौं। ८ वटा औषधीहरु नमुना परिक्षणको क्रममा फेल भएका छन्। परिक्षणमा फेल भएको कारण ति ८ वटा औषधीहरुलाई बजारबाट फिर्ता मगाईएको छ। फेल हुनेम औषधीमा २ वटा भारतिय र ६ वटा नेपाली कम्पनीको रहेका छन्।

विभागका अनुसार जीडी फर्मास्यूटिकल्स प्रालिले उत्पादन गरेको PITI-1702 Pantona, गोरखा आयुर्वेद कम्पनीका 1351 Avipattikar churna, Pet safa गरी दुईवटा, नेपाल फर्मास्यूटिकल्स लेब्रोटरी बीरगञ्जले उत्पादन गरेको LPN-74165 Formin -GI forte, आरोग्य भवन वर्क प्रालि र सगरमाथा आयुर्वेदिक औषधि उद्योगका क्रमश 0169 Aarogya Balbel churna, 014 Pushyanug churna सहित छ नेपाली उद्योगका औषधि रिकल गर्न भनिएको हो ।

यस्तै अलकेम लेब्रोटरिज मुम्बई भारत 8282346 Almok-500 , सागा लेब्रोटरिज अमदावाद भारत बाट Ex-014018 Amoxyn-500 आएका क्रमश व्याजका औषधि पनि गुणस्तरमा फेल भएका छन ।

नमूना परीक्षणका क्रममा फेल भएपछि बजारमा गएका सबै औषधिहरु रिकल गर्न निर्देशन दिइएको विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले जानकरी दिए। उक्त औषधीहरु माईक्रोवेल टेष्ट र घुलनसिल क्षमतामा फेल भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.