लालीगुराँसले पायो प्रदेश ३ को उत्कृष्ट सहकारी पुरस्कार

  २०७६ असार २३ गते १०:००     विकासन्युज


ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले यो वर्षको उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार-२०७५ प्राप्त गरेको छ ।

९७ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ बाट श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले संस्थाका अध्यक्ष अमरदास श्रेष्ठलाई २० हजार रुपिया नगद सहित सम्मन पत्र प्रदान गरेकी हुन् ।

गएको चैत २० गते राष्ट्रिय सहकारी दिवसको दिन घोषणा गरिएको पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवसको प्रदान गर्ने निर्णय अनुसार शनिबार पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीले अब कृषी क्षेत्रमा सहभागिता बढाउनु पर्ने बताइन् ।
राष्ट्रिय सहकारी महांसघद्वारा आयोजित कार्यक्रममा सात प्रदेशबाट सात र संस्थागततर्फ ललितपुर बहुउद्देश्यीय संघलाई सम्मान गरिएको थियो । महासंघले श्री लालीगुराँस सहकारी संस्था लि लाई प्रदेश ३ को उत्कृष्ट सहकारी घोषणा गरेको हो ।

कार्यक्रममा प्रदेश १ बाट झापाको शुभलक्ष्मी सकारी संस्था, प्रदेश २ बाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संस्था, गण्डकी प्रदेशबाट बाग्लुङको आदर्श सञ्चार सहकारी संस्था, ५ बाट रुपन्देही सामुहिक विकास साकोस, कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान कृषि सहकारी संस्था र सुदुरपश्चिम प्रदेशबाट कैलालीका किसान बहुउद्देश्यीय सहकारी संस्थालाई नगद २० हजार पुरस्कार सहित सम्मान गरिएको छ ।

त्यसैगरी सो अवसरमा विभिन्न १० जिल्लास्तरीय संघहरुलाई कार्यालय उपकरण समेत वितरण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले मर्यादित काम सिर्जना गर्न सहकारीले युद्धस्तरमा काम गरेको र आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.