प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गर्ने, सहमति पत्रमा हस्ताक्षर

  २०७६ असार २० गते १६:५८     विकासन्युज


काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गर्ने भएको छ । प्राप्ति गर्ने सहमति पत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले एक समारोहका बीच हस्ताक्षर गरे ।

बैंकसँग यसअघि कन्काई विकास बैंक र ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सहमति पत्रमा हस्ताक्षर भई सकेको छ । कैलाश विकास बैंक, कन्काई विकास बैक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १८९ हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.