अब दैनिक १० लाख रुपैयाँ अनलाइनबाट भुक्तानी गर्न सकिने, अनलाइन कारोबारी १४ प्रतिशत मात्र

  २०७६ असार १६ गते १५:५३     विकासन्युज

काठमाडौं । सेयर कारोबारीहरुले अब दैनिक १० लाख रुपैयाँसम्म अनलाईनबाट भुुक्तानी गर्न सक्ने भएका छन् । नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको ‘कनेक्ट आईपीएस’ सेवा लिएका बैंक खातावालले सेयर किन्दा हरेक दिन १० लाख रुपैयाँसम्म अनलाईन प्रणालीबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

तर सेयर बजारमा अनलाईन प्रणालीबाट कारोबार गर्नेको संख्या १४ दशमलव ४६ प्रतिशत मात्र रहेको पाइएको छ । चालु आर्थिक वर्षका १० लाख ६ हजार ३८६ को संख्यामा सेयर कारोबार भएकोमा १ लाख २४ हजार ६१७ वटा कारोबार मात्र अनलाईन प्रणालीबाट भएको छ।

सेयर बजारमा १५ लाख भन्दा बढी लगानीकर्ता रहेको अनुमान भएपनि दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ता जम्मा २ लाख ९४ हजार मात्र रहेको पाइएको छ । त्यसमा पनि ११ हजार २४६ जनाले मात्र आफ्नो विवरण ब्रोकर कम्पनीमा अपडेट गराएका छन् ।

चालु आर्थिक वर्षको हालसम्म ७७ अर्ब ७४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा अनलाईनबाट १० अर्ब ६० करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.