शाखा सञ्जाल बिस्तार गर्दै सनराइज बैंक, देशभर ११० पुग्यो

  २०७६ असार १५ गते १९:१४     विकासन्युज


काठमाडौँ । सनराइज बैंकले आइतबार गोदावरीेमा शाखा बिस्तार गरेको छ । नगरपालिकाको मेयर हरिसिंह सावद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी  निर्देशक लक्ष्मीप्रपन्न निरौलाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।

सोही दिन बैंकले आफ्नो पनौती शाखा पनि स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन पनौतीका मेयर भिम न्यौपानेले गरेका हुन् । उक्त कार्यक्रममा संचालक समितिका सदस्य ओमकृष्ण जोशी र ई. बच्छराज तातेडको उपस्थिति थियो ।

यसैबीच, बैंकले गत शनिवार आषाढ १४ गते डडेलधुरा, वडा नं ३, गन्यापधुरामा ३६ औ शाखा रहित बैंकिङ्गको उद्घाटन गरेको छ । सो शाखा रहित बैंकिङ्ग सेवा, वडा नं ३ का वडा अध्यक्षश्री चक्रबहादुर देउवाले उद्घाटन गरे । हालसम्म बैंकको शाखा संख्या ११० वटा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.