सिटिजन्स बैंकले रोप्यो १०० बिरुवा, सिइओ पोखरेलपनि सहभागी

  २०७६ असार १५ गते १७:४२     विकासन्युज


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवस र वृक्षारोपण वर्ष २०७६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको अगुवाईमा संचालन भएको वृक्षारोपण कार्यक्रममा उल्लासपूर्ण सहभागिता जनाएको छ ।

कोटेश्वर-कलंकी चक्रपथ सडक किनारमा सौन्दर्यमूलक रूखहरू रोप्ने कार्यक्रम सञ्चालन गरिएकोमा ग्वार्को शाखादेखि दक्षिणतर्फ ५०० मिटरसम्ममा १०० वटा कल्की फूलका बिरुवाहरू रोपिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्वार्कोमा कल्की फूलको बिरुवा रोपेर नेपाल सरकारले थालनी गरेको एक वर्षमा देशभर तीनदेखि पाँच करोड बिरुवा रोप्ने अभियानमा सहभागिता जनाए ।

बैंकका करिव १०० जना कर्मचारीहरूको अग्रसरतामा उक्त क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । आर्थिक, सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन, सहरी सौन्दर्य प्रवद्र्धन तथा प्रदुषण नियन्त्रणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.