राष्ट्र बैंकले आरएमडिसीको संस्थापक सेयर बिक्री गर्ने, न्यूनतम मूल्य रु. २६१

  २०७६ असार १३ गते १२:४८     विकासन्युज


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ३२ हजार कित्ता संस्थापक बिक्री गर्ने भएको छ । राष्ट्र बैकले शुक्रबार बोलपत्र आह्वान गरी बोलकबोल मार्फत सेयर बिक्री गर्ने जनाएको हो । आएमडिसी लघुवित्तको सेयर खरिद गर्न चाहने लगानीकर्ताले न्युनतम २ सय ६१ रूपैयाँ अंकित गरी शिलबन्दी बोलपत्र आवेदन दर्ता गर्न सक्नेछन् ।

साउन १६ गते भित्र राष्ट्र बैंकको वित्त ब्यवस्थापन विभागमा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । शिलबन्दी आवेदन साउन १९ गते खोलिने जनाइएको छ । होलसेल रुपमा कर्जा प्रवाह गर्ने आरएमडिसीको स्थापना राष्ट्र बैंकको समेत सेयर लगानीमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.