नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा नरेश शाक्य चयन

  २०७६ असार १० गते १९:४८     विकासन्युज

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सञ्चालक समितिको अध्यक्षमा नरेश शाक्य चयन भएका छन् । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक रहेका छन् । त्यसैगरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिजकी निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नियुक्त गरेको छ ।

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट एक-एक जनाप्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.