२०० बढी यातायात मजदुरले एकैस्थानमा गरे रक्तदान

  २०७६ असार १० गते १३:००     विकासन्युज


काठमाडौँ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको वार्षिकोत्सवको अवसरमा नेपाल मेडिसिटी अस्पतालले बृहद् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ललितपुरको लगनखेलमा आयोजना गरिएको कार्यक्रममा २०० भन्दा बढी सर्वसाधारणले रक्तदान गरेका छन् ।

देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिरहेको संगठनले आफ्नो स्थापनाको ४०औं स्थापना दिवस मनाउँदै गर्दा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल मेडिसिटी अस्पतालका विशेषज्ञ चिकित्सकहरु, तथा स्वास्थ्यकर्मीहरुको सहभागिताका सञ्चालन हुँदै आएको शिविरमा यसपटक भने नेपाल मेडिसिटीको ब्लड बैंक युनिट सहभागि रहेको थियो ।

आफ्नै भवनभित्र ब्लड बैंक रहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले रक्तदानले आपतकालीन अवस्थामा जो कोहीको ज्यान जोगाउने भएकाले संगठनसंग सहकार्य गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि कार्यक्रममा सहभागी भएका थिए ।

रक्तदान कार्यक्रमका लागि उत्साहजनक सहभागिता रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.