सिटिजन्स म्युचुअल फण्ड-२ मा ५५ करोड ९९ लाख संकलन

  २०७६ असार ९ गते १२:३४     विकासन्युज

काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तरगतको दोश्रो सामुहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड-२ मा ५५ करोड ९९ लाख ५५ हजार ३ सय रुपैयाँ संकलन भएको छ ।

रु. १० अंकित दरको १० करोड इकाई निष्काशन गरिएकोमा १६ हजार ४ सय २६ वटा दरखास्त फारम बराबर उक्त रकम संकलन भएको हो ।

सिटिजन्स म्युचुअल फण्ड–२ को जेठ ९ गतेदेखि इकाई निष्काशन तथा बिक्री खुला गरिएकोमा असार ८ गते सो इकाईका लागि आवदेन लिने/दिने कार्य बन्द गरिएको निष्काशन तथा बिक्री प्रबन्धक सिबिआइएल क्यापिटल लिमिटेडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.