सगरमाथा इन्स्योरेन्सलाई बीमा क्षेत्रको अन्तर्राष्ट्रिय पुरस्कार

  २०७६ असार ५ गते १६:५८     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले बीमा क्षेत्रको लागि प्रदान गरिने अन्तराष्ट्रिय अवार्ड पाएको छ । इन्स्योरेन्सले थाइल्यान्डको बैंकमा सम्पन्न एशियाली विकासशील राष्ट्रहरुको बीमा कम्पनीहरु सहभागी प्रतियोगिता इमर्जिङ इन्स्योरेन्स अवार्ड एण्ड कन्क्लेभ २०१९ मा सगरमाथाले जनरल इन्स्योरेन्सका लागि प्रदान गरिने ‘स्पेशल रिकग्निसन अवार्ड फर जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर २०१९’ विधाबाट पुरस्कृत भएको हो ।

अघिल्लो वर्ष पनि सगरमाथाले सोही सस्थाबाट निर्जीवन बीमाहरुमध्ये उत्कृष्ठ प्रोडक्ट ल्याउने कम्पनीलाई दिइने प्रोडक्ट इनोभेसन इन जनरल इन्स्योरेन्स कम्पनी विधामा पुरस्किृत भएको थियो ।

अवार्ड ग्रहणासँगै कार्यक्रममा सहभागी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्रीले अवार्डबाट सगरमाथा इन्स्योरेन्सलाई निर्जीवन बीमा क्षेत्रमा अझै उत्साहसाथ सेवा प्रदान गर्ने हौसला मिलेको बताए । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा दुई अर्ब रुपैंया बीमाशुल्क संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.