२०८२ सालसम्म बालश्रमको अन्त्य गर्छाै – श्रम मन्त्री विष्ट

  २०७६ जेठ २९ गते ११:०२     विकासन्युज

काठमाडौं । “बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस”मा शुभकामना व्यक्त गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले २०८२ सालसम्म बालश्रमको अन्त्य गर्ने लक्ष्य रहेको बताएका छन् । विश्वभरिका बालबालिकाको अधिकारको संरक्षण र सुरक्षाका लागि मनाइँदै आएको “बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस”, राष्ट्रका उज्वल नक्षत्रका रुपमा रहेका बालबालिकाको अधिकार सुनिश्चित गर्नु दायित्व रहेको उनले बताए ।

सरकार बालश्रमको अन्त्यका लागि प्रतिवद्ध रहेको र संविधानले प्रत्याभुत गरेको बालबालिकाको हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारले विभिन्न नीतिगत एवम् प्रकृयागत सुधारको थालनी गरेको छ । यस क्रममा वि.स.२०७९ सम्ममा निकृष्ट र शोषणयुक्त बालश्रम निवारण गर्ने र वि.स. २०८२ सम्ममा सबै प्रकारका बालश्रमको अन्त्य गर्ने लक्ष्य सहितको बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५देखि २०८५ स्वीकृत भई कार्यान्वयनको क्रममा रहेकाे जनाए ।

बालश्रमको जोखिमले बालबालिकाको बाल्यकाल एवंम भविष्यमात्र असुरक्षित नभई ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय अभियानमा समेत नकारात्मक असर पुग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालको भनाई छ । सचिव दाहालले बालबालिकाको हितका लागि गरिएका राष्ट्रिय तथा अन्तराष्टिय प्रतिवद्धताहरुको प्रभावकारी कार्यान्वयन गर्ने गराउने कार्यमा सबै पक्षबाट एक जुट हुन अनुरोध गरेका छन् ।

आगामी दिनमा प्रदेश सरकार र स्थानीय तहसँगको समन्वय र सहकार्यमा स्थानीय तहलाई क्रमश बालश्रम मुक्त घोषणा गर्ने र यस अभियानलाई निरन्तरता दिन सरकारले काम गरिरहेको छ। यसका लागि स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार सहित रोजगारदाता र सबै सामाजिक साझेदारहरुको प्रतिवद्धता र सहकार्य महत्व रहेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.