सामुदायिक लघुवित्तमा ६२ जनालाई जागिरको अवसर, कुन कुन पदमा खुल्यो विज्ञापन ?

  २०७६ जेठ २८ गते ९:२६     विकासन्युज


काठमाडौँ । बनेपा-१४ साङ्गामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६२ जनालाई जागिरको अवसर खुलेको छ । सुपरीवेक्षकदेखि नायब सामुदायिक विकास परिचालकसम्मको लागि आवेदन माग गरिएको हो ।

निकट भविश्यमा कार्यक्षेत्र विस्तार गर्ने योजना रहेकाले केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुमा कर्मचारी आवश्यक रहेकाले १५ दिनभित्र इच्छुक व्यक्तिहरुलाई आवेदन दिन संस्थाले मंगलबार सूचना प्रकाशित गरेको छ ।

सुपरीवेक्षक १ जना, नायब सुपरीवेक्षक १ जना, मुख्य प्रबन्धक ३ जना, वरिष्ठ प्रबन्धक ३ जना, प्रबन्धक २ जना, नायब प्रबन्धक ३ जना, उपप्रबन्धक ७ जना, बरिष्ठ सामुदायिक विकास परिचालक ५ जना, सामुदायिक विकास परिचालक ९ जना र नायब सामुदायिक विकास परिचालक २८ जना माग गरिएको हो ।

असार १० गतेभित्र संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ । साथै संस्थाको इमेल आईडी मार्फत पनि आवेदन दिन सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.