राष्ट्र बैंकको ५ वटा विभागले पाए नयाँ कार्यकारी निर्देशक, लघुवित्तमा श्रेष्ठ र राष्ट्र ऋणमा अधिकारी

  २०७६ जेठ २७ गते १९:२३     विकासन्युज

काठमाडौ. । नेपाल राष्ट्र बैंकको ५ वटा विभागले नयाँ कार्यकारी निर्देशक पाएका छन् । ३ वटा विभागमा वरिष्ठ निर्देशकलाई कामु कार्यकारी निर्देशककाे जिम्मेवारी दिइएकाे छ भने २ जनालाई सरुवा गरिएको छ ।

त्यस्तै, राष्ट्र ऋण व्यवस्था विभागमा कार्यकारी निर्देशक सुमन कुमार अधिकारी भएका छन् । यसअघि उनी संस्थागत विकास याेजनामा थिए ।

लघुवित्त प्रवर्द्धन तथा सुपरीवेक्षणा विभागको कामु कार्यकारी निर्देशक डा प्रकाश कुमार श्रेष्ठ भएका छन् । उनी यसअघि ५ नम्बर प्रदेशको योजना आयोगमा काजमा थिए ।

नियमन विभागको कामु कार्यकारी निर्देशकको जिम्मेवारी बमबहादुर मिश्रले पाएका छन् । साढे १६ वर्ष राष्ट्र बैंकमा काम गरेका मिश्रसँग वाणिज्य बैंकमा काम गरेकाे अनुभव पनि छ । राष्ट्र बैंकमा नियुक्त हुनुपूर्व नविल र एनआसी बैंकमा करिब १० वर्ष काम गरेर थिए ।

वैदेशिक विनिमय विभागमा सरिता भट्ट अधिकारी कामु कार्यकारी निर्देशक भएकी छिन् । नरेश शाक्य बैंकिङ कार्यालय विभागको कामु कार्यकारी निर्देशक भएका छन् ।

मिश्र, भट्ट र शाक्यले यसअघि सोहि विभागकाे बरिष्ट निर्देशकका आधारमा  स्वत कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए । गभर्नर चिरञ्जीवि नेपालले जेठ २८ गतेदेखि लागू हुने गरी उनीहरूलाई विभागिए जिम्मेवारी ताेकेकाे  पत्र दिएकाे राष्ट्र बैंक स्राेतले बतायाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.