कानुन विपरित कार्य गर्ने उद्योगी, व्यवसायीलाई सजाय दिन नहिच्किचाउ : राज्यमन्त्री चौधरी

  २०७६ जेठ २४ गते १८:४०     विकासन्युज

काठमाडौं । खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य ११ औं खाद्य स्वच्छता दिवसको मनाएको छ । साे कार्यक्रममा  कृषि तथा पशुपन्छी विकासराज्यमन्त्री चौधरीले कानुन विपरित कार्य गर्ने जुनसुकै उद्योगी, व्यवसायीलाई दण्ड सजाय दिन नहिच्किचाउन आग्रह गर्दै गुणस्तरीय उत्पादनलाई प्रोत्साहन र न्यून गुणस्तरको उत्पादनलाई झुक्काई विक्री वितरण गर्नेलाई कारवाही गर्नुपर्ने बताए ।

विभागले अझै आफ्नो भुमिका विस्तार गर्न अनुगमनलाई तिब्रता दिई आम जनसमुदायमा खाद्य स्वच्छता सम्बन्धी जनचेतना अभिवृद्धि गराई अगाडी बढ्नु पर्ने राज्यमन्त्री चौधरीले भने ।

उक्त कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री खनालले जनचेतनाको माध्यमबाट खाद्य स्वच्छता सम्बन्धी विषयलाई अगाडी बढाउनका लागि शिक्षणसंस्था तथा विद्यार्थीको विशेष भुमिका रहने बताए । उनले भने ‘खाद्य स्वच्छता र सुरक्षामा हाम्रो परम्परा, धर्म संस्कृति भन्दा माथि उठेर खानेबानीमा परिवर्तन गर्नु आवश्यक रहेको कुरा जोड दिँदै सबैजना नीति नियम र कानुनको दायरामा रहेर हरेक क्षेत्रमा आफ्नो जिम्मेवारी निभाउन सके मात्र खाद्य स्वच्छता कायम हुन सक्छ ।’ मन्त्रीले विभागको संरचना विस्तार गरिएको बताउँदै सोही बमोजिम बढी खाद्य स्वच्छता कायम राख्न नियमित अनुगमन तथा क्वारेन्टाइन जाँचलाई अझै मजबुत बनाउने निर्देशन दिए ।

कार्यक्रम विभागको प्राङ्गणबाट शुरु भएको हो भने कर्मचारी, उपभोक्ता संघसंस्था, विद्यार्थी, उद्यमी, व्यवसायी लगायतका विभिन्न निकायका सरोकारवालाहरुको संलग्न प्रभातफेरी जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा पुगी विसर्जन भएको थियो । सन्देशहरु समावेश भएका प्लेकार्ड सहितको प्रभातफेरीको क्रममा खाद्य स्वच्छता सम्बन्धी चेतनामुलक पर्चा सर्वसाधारणलाई वितरण गरियो ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.गोविन्दप्रसाद शर्माले मासु तरकारी र दुधमा बढी ध्यान दिएर प्रभावकारी अनुगमन गर्न सुझाव दिँदै आवश्यक सहयोगको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । कार्यक्रममा सभाध्यक्ष विभागका महानिर्देशक संजीवकुमार कर्णले खाद्य स्वच्छता दिवसको सान्दर्भिकता उद्देश्यका साथै महिनाव्यापी भएको कार्यक्रमको संक्षिप्त विवरण प्रस्तुत गर्दै सरोकारवालाहरुको यसमा मुख्य भुमिका हुने कुरामा जोड दिएका थिए ।

खाद्य स्वच्छता महिना मनाउने क्रममा स्वच्छता र गुणस्तर कायम गर्न मुख्य सरोकारवाला तथा विभाग र विभागको मातहतमा रहेका ६ कार्यालयहरु, २४ शाखा कार्यालयहरु र १२ आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरुबाट देशव्यापी रुपमा जेठ महिना भरी विभिन्न क्षेत्रमा आवद्ध व्यापारी, व्यवसायी तथा सर्वसाधारण एवं सरोकारवाला निकायबीच अन्तरक्रिया भई सो कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हलमा सम्पन्न मूल समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री खनालले उत्कृष्ट खाद्य उत्पादन गर्ने उद्योग, विशिष्ट व्यक्ति, कर्मचारी र सरोकारवाला निकायलाई पुरस्कृत तथा सम्मान गरेका हुन् ।

मन्त्रीले हिमालायज स्प्रिंग वाटर प्रा.लि, धुन्चे ८, रसुवा तथा घरेलु साना उद्योग मध्येबाट कंचन पाउरोटी उद्योग, बिर्तामोड ४ झापा, श्री साई ड्रीकिंग वाटर ईन्डष्ट्रिज जनकपुर, पौडेल बेकरी हेटौडा ४, मकवानपुर साइकृपा चिया उद्योग, बुटवल, रुपन्देही हुलास खाद्य उद्योग प्रा.लि. कोहलपुर, बाँके अभिषेक मौरी पालन फर्म, घोडाघोडी न.पा.२, कैलाली रनेपाल अर्गेनिक कफी प्रोडक्ट्स, तीनथाना काठमाडौंलाई प्रमाणपत्र प्रदान गरेका हुन् । त्यस्तै केन्द्रिय प्रविधि क्याम्पस धरानका सहायक डिन प्रा.डा. धनबहादुर कार्कीलाई सम्मान गरिएको हो भने विभागका काम गर्ने उत्कृष्ट कर्मचारीलाई पुरस्कार गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.