महासंघ र अमेरिकन दूतावासबीच सहकार्य, ‘शुरु भयो संघीय शुसासन सम्बन्धी तालिम’

  २०७६ जेठ २३ गते १५:२३     विकासन्युज


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकन राजदूतावासद्वारा संयुक्तरूपमा आयोजना गरिएको स्थानीय सरकारका पदाधिकारीहरुका लागि संघीय शुसासन सम्बन्धी ४ दिने तालीम कार्यक्रम आजदेखि काठमाडौंमा शुरु भएको छ । प्रदेश नम्वर ३ भित्रका स्थानीय सरकारका पदाधिकारीहरूका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको एक समारोहकाबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले संयुक्त रूपमा उद्घाटन गरे । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि मन्त्री पण्डितले जनता र स्थानीय सरकारबीच समन्वय र सहकार्य गर्दै स्थानीय सरकारको प्रभावकारी सञ्चालनमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।

महासंघका अध्यक्ष राणाले स्थानीय सरकारस“ग निजी क्षेत्र समन्वयात्मक ढंगबाट अगाडी बढ्न र सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाइन् । विगतमा स्थानीय जनप्रतिनिधि समेत नरहेको अवस्थामा निजी क्षेत्रले आम नेपालीस“ग जोडिएर कार्य गरेको स्मरण गर्दै अध्यक्ष राणाले स्थानीय विकासमा सरकारलाई साथ दिन निजी क्षेत्र तयार रहेको बताइन् ।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले स्थानीय सरकारको प्रभावकारी सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले महासंघस“गको सहकार्यमा सातै प्रदेशमा यो कार्यक्रम आयोजना गर्ने र यसको पहिलो शुरुवात प्रदेश नम्वर ३ बाट गरिएको जानकारी गराए । संघीय सुशासन सम्बन्धी यो तालीम कार्यक्रम स्थानीय सरकारका पदाधिकारीहरूका लागि दैनिक सरकार सञ्चालनमा महत्वपूर्ण र सहयोगी हुने विश्वास समेत राजदूत बेरीले प्रकट गरे ।

प्रदेश नम्वर ३ का स्थानीय सरकारका करिव ५० जना पदाधिकारीहरूको सहभागिता रहेको उक्त तालीमको डिजाइन अमेरिकास्थित मेरिल्याण्ड विश्व विद्यालयले गरेको हो । अमेरिकाको मेरील्याण्डका डेपुटी मेयर रोन (किरण) सिटौला, प्रेम दवाडी र राधा शर्मा आचार्यले कार्यक्रममा तालीम दिनेछन् ।

कार्यक्रममा महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी, महासंघ सचिवालय र अमेरिकी राजदूतावासका वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.