सिद्धार्थ बैंकबाट सानिमा लाइफको बीमा सेवा पाइने

  २०७६ जेठ २१ गते १३:२०     विकासन्युज


काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लि. र सिद्धार्थ बैंक लि.बीच जीवन बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । सोमबार कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक केशवराज केसी तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । सम्झौता अनुसार ग्राहकहरुले बैंकका सम्पूर्ण १५५ शाखाहरु बाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन वीमा सेवा उपभोग गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.