सोमबार बन्दको आह्वान, सुरक्षा निकाय भन्छ-‘हल्लाको पछि नलाग्नू’

  २०७६ जेठ १२ गते १९:५५     विकासन्युज

काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी(विप्लब समूह)ले जेठ १३ गते सोमबार नेपाल बन्दको घोषणा गरेको समाचार प्राप्त भएको छ । विप्लब समूहका महासचिव नेत्रविक्रम चन्द्र‘विप्लब’द्वारा प्रकाशित विज्ञप्तीमा सोमबार बन्द कार्यक्रम घोषणा गरिएको उल्लेख छ ।

गत मंगलबार भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे ‘राजु’लाई दोहोरो भिडन्तको नाममा हत्या गरेको बिरोधमा बन्द आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यता, प्रतिवन्धित विप्लब समूहले बन्द आह्वान गरेको पूर्वसन्ध्यामा आइतबार साँझ राजधानी काठमाडौँका सुकेधार र अनामनगरमा विस्फोटका घटना भएका छन् । घटनामा परी ३ जनाको मृत्यु भएको छ । सो घटना विप्लब समूहले नै गराएको सूचना निकायले आशंका गरेको छ । हिंसात्मक घटनापछि राजधानीमा सुरक्षा सतर्कता अपनाइएको छ ।

सोमबार बन्दको हल्ला चलेपनि सुरक्षा निकायले भने हल्लाको पछि नलाग्न अनुरोध गरेको छ । शान्ति सुरक्षाको स्थिति मजबुत पारिएकाले निर्वाध रुपमा पेशा व्यवसाय सञ्चालन गर्न र सवारी साधन चलाउन अनुरोध पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.