कामना सेवाका ग्राहकलाई भरतपुर सेन्ट्रल र नेशनल सिटी हस्पिटलमा विशेष छुट

  २०७६ जेठ ९ गते १८:५३     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंकले भरतपुर महानगरपालिका स्थित भरतपुर सेन्ट्रल हस्पिटल प्रालि र नेशनल सिटी हस्पिटल लि.सँग औषधी तथा उपचारमा विशेष छुट पाउने गरी सम्झौता गरेको छ ।

सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले ती संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् ।

सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुखसुवास भट्टराई र भरतपुर सेन्ट्रल हस्पिटल प्रालिको तर्फबाट कार्यकारी निर्देशक शोभाखर घिमिरे र नेशनल सिटी हस्पिटल लिका तर्फबाट हस्पिटल प्रबन्धक बिक्रम अधिकारीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.