ग्लोबल आइएमईबाट सूर्या लाइफको बीमा सेवा पाइने

  २०७६ जेठ ९ गते १८:३३     विकासन्युज


काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र सूर्यलाइफ इन्सुरेन्स कम्पनीलि.बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्सुरेन्स कम्पनी लिको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्यलाइफ इन्सुरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.