नवलपुरका हुरी पीडितलाई सांसद विनोद चौधरीद्वारा सय बण्डल जस्तापाता सहयोग

  २०७६ जेठ ९ गते १७:३७     विकासन्युज


काठमाडौं । नवलपुरको देबचुली नगरपालिकाका हुरी पीडितलाई चौधरी फाउण्डेशनले एक सय बण्डल जस्तापाता सहयोग उपलब्ध गराएको छ । नेपालीकाँग्रेसका सांसद एवम् चौधरी फाउण्डेशनका अध्यक्ष बिनोद चौधरीले हुरी र असिना पानीले क्षति पुर्याएको क्षेत्रमा सहयोग उपलब्ध गराएको हो । देवचुली क्षेत्रमा जेठ ७ र ८ गतेको हुरी तथा असिनापानीले दुई सयभन्दा धेरै घरको छानो उडाएर पुर्याएको छ ।

‘नवलपुरमा आएको हुरी तथा असिनापानीले आमनागरिकमा पु¥याएको असरबाट मर्माहत भएको छु । नवलपुरका वासिन्दा र जनप्रतिनिधिका हैसियतले यस दुःखद घडीमा म यहाँहरूको साथमै रहेको छु’ सांसद चौधरीले पठाएको सन्देशमा उल्लेख छ ।

विहिबार चौधरी फाउण्डेसनले देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको हो । नगरपालिकाको अध्ययन टोलीले हुरीपीडितका लागि तत्काल सबैभन्दा आवश्यक जस्तापाताको रहेको सुझाव दिएपछि सांसद चौधरीले तत्कालै नवलपुरवासीकालागि जस्तापाताको व्यवस्था मिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.