३८ करोड ७३ लाखको हकप्रद आउँदै, दुई संस्थाले पाए बोर्डको अनुमति

  २०७६ जेठ ६ गते १४:४४     विकासन्युज

काठमाडौं । विभिन्न दुई संस्थाले ३८ करोड ७३ लाख २६ हजार ४०० रुपैयाँको हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले मल्टिप्रपोज फाइनान्स कम्पनी(वित्तीय संस्था) र जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्थालाई सो मात्राको सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमति पाएसँगै अब दुई संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरको ३८ लाख ७३ हजार २६४ कित्ता सेयर जारी गर्ने छन् । यी दुबैले आ-आफ्नो संस्थाको चुक्तापुँजी बढाउन हकप्रद निष्कासन गर्न लागेका हुन् ।

सो मध्ये मल्टिप्रपोजले कूल २ करोड ८८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । संस्थाले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत सो मात्रा अर्थात २ लाख ८८ हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ ।

त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्तले चुक्ता पुँजीको शतप्रतिशत अर्थात ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद जारी गर्ने छ । संस्थाले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटमार्फत ३५ करोड ८५ हजार २६ हजार ४०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.