सनराइज बैंकबाट युनियन लाइफको बीमा सेवा पाइने

  २०७६ वैशाख ३० गते १९:१९     विकासन्युज


काठमाडौँ । सनराइज बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्ससम्झौता भएको छ । बैंकास्योरेन्ससम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०५ वटै शाखाहरुबाट यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछ ।

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बैंकास्योरेन्स सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.