विराटनगरका राजिवले ‘को बन्छ करोडपति’मा जिते १ करोड

  २०७६ वैशाख ३० गते ९:१३     विकासन्युज

काठमाडौं । एपी वान टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो ‘को बन्छ करोडपति’ मा विराटनगरका राजिव जैनले १ करोड जितेका छन् ।

एपी वान टेलिभिजनमा आइतबार राति प्रसारित पहिलो सिजनको ‘को बन्छ करोडपति’को ४२ औ अंकमा उनले १४ औं र १५ औं प्रश्नको जवाफ सही जवाफ दिएर १ करोड जितेका हुन् । अघिल्लो हप्ता ४१ औं अंकमा १३ वटा प्रश्नको जवाफ दिई २५ लाख जितिसकेका थिए ।

अभिनेता राजेश हमालले सञ्चालन गरेको ‘को बन्छ करोडपति’ मा १ करोड जित्ने जैन पहिलो प्रतियोगी बने । २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा भएको थियो ? भन्ने १५ औं तथा अन्तिम प्रश्नको वि।सं २०१४ माघ १९ गते उत्तर दिँदै उनले १ करोड जितेका हुन् ।

एक करोड जितेमा विश्व भ्रमणमा निस्कने उनको योजना थियो, जैनको त्यो सपना पूरा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.