नेपाल इन्स्योरेन्सको १ लाख ४७ हजार कित्ता सेयर लिलामीमा, मूल्य १०० मा बढाबढ

  २०७६ वैशाख २७ गते ९:२९     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको १ लाख ४७ हजार कित्ता हकप्रद सेयर लिलामीमा आएको छ । कम्पनीले १ लाख ४४ हजार ५९१ कित्ता साधारण सेयर र २ हजार ५११ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।

कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा पर्याप्त आवदेन नपरेपछि उक्त सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटले जनाएको छ ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । आगामी जेठ १९ गतेसम्म आवेदन गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.