‘नबिल नारी उद्यमी सीड क्याम्प’ शुरु, महिलाहरुलाई आत्मनिर्भर बनाइने

  २०७६ वैशाख २६ गते १८:०९     विकासन्युज

काठमाडौं । महिलालाई आर्थिक रुपमा समृद्ध बनाउन नबिल बैंकले ‘नविल नारी उद्यमी सीड’ क्याम्प सञ्चालन गरेको छ । वैशाख २६ गतेदेखि जेठ २६ गतेसम्म सो क्याम्पस सञ्चालन हुनेछ ।

नबिल नारी उद्यमी सीड क्याम्पबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेसरी शाहले महिलाको आर्थिक उन्नती एवम् आत्मनिर्भर बनाउनका लागि यो अभियानले सहयोग पुर्याउने बताए ।

उक्त कार्यक्रममा नविल नारीको रुपमा चिनिने प्रियंका कार्कीले अबको समयमा सबै नारीलाई दक्ष बनाउन नविल बैंकले ल्याएको सो कार्यक्रम ल्याएको बताइन् ।

सो अभियान अन्तरगत महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न क्रियाकलाप सञ्चालन गरिने सीईओ शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.